बन्दाबन्दी उल्लङ्घन गर्नेबाट ७० हजार राजश्व « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

बन्दाबन्दी उल्लङ्घन गर्नेबाट ७० हजार राजश्व



काठमाडौं । सरकारले लकडाउन जारी गरेको समयमा अनावश्यक रुपमा हिड्नेहरुबाट जरिवाना तिराउने गरेको छ । चन्द्रागिरि नगरपालिकाले अनावश्यक रुपमा घरबाहिर निस्कनेलाई स्थलगत रुपमा रु १०० जरिवाना गर्न थालिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो ।

आधा किलो सामान किनेजस्तो गरी बाहिर निस्किएर भीडभाड गराउने क्रम बढ्न थालेपछि यस्तो नियम लागू गरिएको हो । अत्यावश्यक सामग्री किन्नका लागि भने दिनमा चार घण्टा पसल खोल्ने व्यवस्था नगरपालिकाले गरेको छ ।

यसैगरी अत्यावश्यक सेवाका बाहेक चिया पसल खोलेर मानिसको भीड गराउनेलाई पनि रु एक हजार जरिवाना गराउन थालिएको छ । हालसम्म जरिवानाबाट रु ७० हजार राजश्व जम्मा भएको पनि उहाँले सुनाउनुभयो ।

नगर क्षेत्रबाट काठमाडौँ बाहिर जान लागेका श्रमिक एवं विपन्न वर्गका मानिस पठाउन पनि नगरपालिकाले सहजीकरण गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्