जनता समाजवादी पार्टीले आयोगलाई गरायो एकिकरणको जानकारी « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

जनता समाजवादी पार्टीले आयोगलाई गरायो एकिकरणको जानकारी



काठमाडौं । निर्वाचन आयोगलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले एकिकरण भएको औपचारिक जानकारी दिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुई पार्टीबीच एकीकरण हुने सहमति भएको जानकारी आयोगलाई प्राप्त भएको र अब दलहरुले नयाँ दलका लागि आवश्यक पर्ने कागजात पेश गरेपछि आयोगले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाउने बताए ,

दल दर्तासम्बन्धी कानुनमा दलको घोषणापत्र, विधान निर्वाचन चिन्ह, केन्द्रीय कमिटिको निर्णय लगायतका कागजात ४५ दिन भित्र आयोगमा पेश गर्नु पर्ने र ती कागजात रीतपूर्वक भए नभएको कर्मचारीले जाँच गरी आयोगका आयुक्तहरु समक्ष पेश गरिने उनले बताए । त्यस पछि आयोगको बैठकले दर्ता गर्ने नगर्ने निर्णय गर्नु हुने र त्यो निर्णय राजपत्रमा प्रकाशित भए पछि मात्र नयाँ दलले मान्यता पाउने उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्