कोरोना संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।
