राष्ट्रिय गौरवको सडक निर्माण कार्य सुरु « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

राष्ट्रिय गौरवको सडक निर्माण कार्य सुरु



धादिङ। चीन र भारतलाई जोड्ने सबै भन्दा छोटो स्थाल मार्गको रुमा मानिएको राष्ट्रिय गौरवको आयोजना गल्छी स्यापु्रबेसी सडक खण्ड अन्तरगतका धादिङ र नुवाकोटको सीमानामा पर्ने कल्चौडेमा सडक निर्माणको काम थालनी गरिएको छ । निकै लामो सयदेखि रोकिएको गल्छी स्याप्रवेशी सडक खण्ड अन्तरगतका धादिङ र नुवाकोटको सीमानामा पर्ने कल्चौडेमा सडक फराकिलो बनाउने कामले निरन्तरता पाएको छ ।

राष्ट्रिय महत्वका सडक मध्य एक गल्छी स्याप्रुबेसी सडक खण्ड अन्तरगत बेलकोट गडी र धादिङको गल्छी गाउँपालीकाको सीमानामा पर्ने कल्चौडेमा अहिले सडक फराकिलो बनाउनका लागि तिव्र गतिमा पहाड काट्ने काम भई रहेको छ । सडक नाला सहित १२ मिटरको बनाइने छ । लक डाउनको समयमा सडकमा सिमित सवारी चल्नेर काममा कुनै किसिमको बाधा अवरोध नआउने भएकाले काम गर्न पनि सहज भएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् ।

सडक फराकिलो बनाउनका लागि एकै स्थानमा छ ओटा स्काभेटर प्रयोग गरिएको छ । सडक चौडा गर्दा पहाड काट्दै फलिएको ढुङ्गा र माटोले सवारी आवत जावतमा कठिनाई उत्पन्न हुन सक्ने भन्दै त्रिशुली नदीमा डाइभर्सन निर्माणको काम पनि तिब्र गतिमा भइ रहेको छ । डाइभर्सन निर्माणको काम अब केही दिनमा सम्पन्न हुने पनी गल्छी स्याप्रुवेसी सडक आयोजनाका प्रमुख नारायण भण्डारीले जानकारी दिनु भएको छ ।

भण्डारीका अनुसार सडकमा काम गर्ने मजदुरहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सामाजीक दुरी कायम गरी काम सुरु गरेको छ ।

यस सडक खण्डको गल्छीदेखी ४६ किलोमीटरसम्म आगामी पुस सम्ममा सम्पन्न हुने गरी चिनीया कम्पप्नी कोभेक सहित टुण्डी र रसुवा निर्माण सेवाको ज्वाईन भेन्चरमा काम भइरहेको हो । चीन र भारतलाई जोड्ने सबै भन्दा छोटो स्थाल मार्गको रुमा मानिएको राष्ट्रिय गौरवको सो आयोजना ३ अर्ब ६३ करोडको लागतमा स्तरोन्नती सहित निर्माण कार्य सुरु गरिएको हो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्