लकडाउन १० दिन थप्ने सरकारको निर्णय

काठमाडौँ । विश्वभरि फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि जारी गरिएको लकडाउन १० दिन थप गरिएको छ । आईतवार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनको अवधि १० दिन थप्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको स्रोतले दिएको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।