बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने



काठमाडौं । सरकारले लकडाउनको समयमा विदामा रहेका कर्मचारीको तलव नकाट्ने भएको छ । लकडाउनको कारण घरमै बस्न बाध्य भएका सबै कर्मचारीको तलब काट्न नपाउने सरकारले निर्णय गरेको हो । यस अवधीलाई सार्वजनिक विदामा मिलाउन सूचनामा भनिएको छ ।

सोमबार राजपत्रमा प्रकाशित भए अनुसार सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएको तलब, भत्ता पाउने गरी त्यसरी विदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्