नेपालमा थप दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

नेपालमा थप दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो



काठमाडौं । नेपालमा थप दुईजनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको हो।

जिल्लाको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए। वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएको उनले बताए।

रौतहटमा र्यापिड टेस्ट गर्दा रिर्पोट नेगेटिभ आएपछि उनलाई घर फर्काइएको थियो। अर्का संक्रमित ३५ वर्षका पुरुष भने क्वारेन्टाइनमै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। उनीहरु मध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।


प्रतिक्रिया दिनुहोस्