घरेलु उत्पादन लकडाउनको मारमा « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

घरेलु उत्पादन लकडाउनको मारमा



डोटी । निगाँलोको डोको डालो बुनेर छिमेकी गाउँ लगायत सदरमुकाम सिलगढी सम्म पुर्याएर बिक्रि गर्दै आउनु भएका डोटीको दिपायल सिलगढी नगरपालिका–९ मुछेन्तोला गाउँका तुलाराम साउदको दिनचर्या बदलिएको छ । खेतीबारीको काम नभएको खाली समयमा डोको, डालो, लगायतका घरेलु सामाग्री बुन्ने कार्य गर्दै आउनु भएका साउद पछिल्लो समयमा भएको लकडाउनका कारण सामाग्री बिक्री हुन छाडेपछि खेतीको काम र गाइ भैसी चराउनमै दिन बित्न थालेको छ ।

सरकारी स्तरबाट कोरोना भाइरस ९कोभिड१९० को सँक्रमण रोकथाम गर्नका लागि लकडाउनको घोषणा गरिए सँगै जिल्ला भरीका घरेलु बस्तुरु उत्पादन गरेर गुजारा गर्दै आएका ब्यक्तिहरु मारमा परेका छन् । लकडाउने आवत जावतमा कडाइ भए सँगै स–साना घरेलु सामाग्री उत्पादन गरेर गाउँ गाउँ पुगी बिक्रि गरेर आम्दानी गर्दै आएका ब्यक्तिहरुको आम्दानीको स्रोत बन्द भएको छ । पुर्वीचौकी गाउँपालिका –२ बगलेगका गाउँका महाबिर नेपालीले भन्नुभयो, –‘खेतीपाती भन्दा पनि डोको डालो बुनेर आम्दानी हुने देखेर पहिले देखि नै यही पेशामा लागियो, अहिले एक

ठाउँबाट अर्को जान बन्द गरिएकोले बिहान बेलुका हात मुख जोड्नै समस्या हुने अवस्था आयो । बुनेका डोका डाला पनि त्यत्तिकै घर भित्र छन् ।’ ग्रामीण स्तरमा जँगलमा पाइने निगाँलोबाट बुनिएका घरायसी सामाग्री सम्बन्धीत स्थानमा नै थन्किएका छन् । घरायसी सामाग्री उत्पादन गर्ने ब्यक्तिहरुले सामान्य खर्चको समस्याको सामना गर्नु पर्ने अवस्था थिएन ।

अहिले आएर सामाग्रीहरु बिक्री गर्न नसक्दा समस्याको सामाना गर्नु परेको छ । आफुले उत्पादन गरेका बस्तु बिक्रि नभए पछि घरायसी खर्चका लागि ऋण लिनु पर्ने अवस्था आएको छ । डोटीको सायल गाउँपालिक अन्तरगत छपालीका राइभान बिकले भन्नुभयो, –‘जतिखेर जे कुरा समस्या पर्यो त्यती नै बेला घरमा बुनेर राखेका डोको डालो जे छ बजारमा बेचेर घर खर्च चलाउने गरेको थिए, यस पटक बजार सबै बन्द छन् । गाउँघरमा पनि एक ठाउँबाट अर्को ठाउँ जान समस्या छ, बुनेका डोका डाला सबै घरमा थन्क्याएर राखेको छु । अव भात खानका लागि भए पनि ऋण लिनु पर्ने अवस्था छ ।

’ब्यबसायीक रुपमा भन्दा सामान्य घर खर्च र नुनतेल, खाद्यान्नको जोहो गर्नका लागि घरेलु सामाग्री डोको डालो बुन्नेहरु ग्रामीण क्षेत्रमा धेरै छन् । यस्ता कार्यमा सँलग्न ब्यक्तिहरु धेरै भए पनि कति जना छन् भन्ने एकिन तथ्याँक भने जिल्लामा कुनै पनि स्थानीय तहले राखेको देखिदैन ।

एकिन तथ्याँक नहुदा यस्ता कार्यमा सँलग्नन ब्यक्तिहरुका लागि छुट्टै राहतको प्याकेज आउन सकेको छैन । सायल गाउँपालिका उपाध्यक्ष बिष्णा सिहंका अनुसार घरेलु सामाग्री उत्पादन गर्ने ब्यक्तिहरुका लागि भनेर छुट्टै प्याकेज घोषणा गरिएको नभए पनि बिपन्न ब्यक्ति र दैनिक कामकाज गर्न नसक्दा प्रभावित भएका ब्यक्तिहरुको समुहमा भने उनिहरु समेटिएका छन् । उपाध्यक्ष सिंहले भन्नुभयो,– ‘राहत भनेकै दैनिक ज्यालादारी गर्न नसक्ने दैनिक कामकाज बन्द भएर हातमुख जोर्न समस्या भएकाहरुका लागि हो । यदि कोही पाउनै पर्ने ब्यक्ति छुटेको रहेछ भने पनि हामी सोच्न सक्छौं ।’

बिभिन्न स्थानीय तहमा सहकारी सँस्थाहरु समेत सक्रिय रहेका छन् । स्थानीय स्तरमा सक्रिय सहकारीहरुले उत्पादितत सामाग्रीको खरिद कार्य गरेर भण्डारण गर्ने र अवस्था अनुकुल भएको समयमा बिक्रि बितरण गर्न सके पनि घरेलु उत्पादनमा सँलग्न ब्यक्तिहरुलाइ राहत हुन सक्छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्