तीन दिन भित्र स्पष्टीकरण पेश गर्न रेडियो नेपाललाई निर्देशन « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

तीन दिन भित्र स्पष्टीकरण पेश गर्न रेडियो नेपाललाई निर्देशन



काठमाडौं । सञ्चार सञ्चार तथा तथा सूचना सूचना नेपाल सरकार प्रविधि प्रविधि मन्त्रालय मन्त्रालयले रेडियो नेपाललाई तीन दिनभित्र स्पष्टिीकरण पेश गर्न निर्देशन दिएको छ । सोमवार रेडियो नेपालको विहानी कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तरवार्तालाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि मन्त्रालयले तीन दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । रेडियो प्रसार सेवा विकास समितिलाई पत्र पठाँदै मन्त्रालयले मंगलवार यस्तो निर्देशन दिएको हो ।

पत्रमा भनिएको छ, प्रस्तुत विषयमा नेपालको संविधानद्वारा प्रत्याभुत गरिएको नेपाली जनताको अभिव्यक्तिको स्वतन्त्रता तथा सूचनाको हकलाई सम्मान गर्दै मुलुकको आर्थिक, सामाजिक, साँस्कृतिक तथा अन्य महत्वपूर्ण गतिविधिहरुलाई आम जनताको बीचमा पुर्याई नेपालको सार्वभौमसत्ता तथा अखण्डतालाई अक्षुण राख्ने र संसदीय व्यवस्थालाई संरक्षण गर्न सघाउ पुर्याउने र विभिन्न क्षेत्र जाति, भाषा, धर्म, वर्ग तथा सम्प्रदाय बीच भावनात्मक एकता अभिवृद्धि गर्ने किसिमका कार्यक्रमहरु प्रचलित कानुनको अधिनमा रही उत्पादन तथा प्रसारण गर्नु गराउनु रेडियो प्रसार सेवा विकास समितिको कर्तव्य हुने व्यवस्था रेडियो प्रसार सेवा विकास समिति (गठन) आदेश, २०४१ मा स्पष्ट गरिएको छ ।

साथै सार्वजनिक सञ्चार माध्यमबाट प्रसारण हुने भाषा, शब्द र प्रस्तुतीकरण सभ्य र मर्यादित हुनु पर्ने विषयले समेत त्यत्तिकै महत्व राख्दछ । यस सन्दर्भमा रेडियो नेपालबाट मिति २०७४ । ०१ । १५ गते सोमबार बिहान ६ः३० बजेको अन्तरसंवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्माशुर जस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारका विरुद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको हुँदा यस सम्बन्धमा के कसो भएको हो ? तीन दिन भित्रमा स्पष्टीकरण पेश गर्नुहन मिति २०७७ । ०१ । १५ गतेको माननीय मन्त्रीस्तरीय निर्णयानुसार अनुरोध छ ।


प्रतिक्रिया दिनुहोस्