बैंकका कर्मचारीलाई लकडाउनमा परिचयपत्र र बैंकको पत्र आवश्यक « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

बैंकका कर्मचारीलाई लकडाउनमा परिचयपत्र र बैंकको पत्र आवश्यक



काठमाडौं । बैंकका कर्मचारीलाई लकडाउनको समयमा परिचयपत्र मात्रै नभएर बैंकको पत्रसमेत आवश्यक पर्ने भएको छ । मंगलवारसम्म परिचयपत्र भएका कर्मचारीले जानपाए पनि बुधवारदेखी बैंकले दिएको अनुमति पत्र पनि आवश्यक पर्ने भएको हो ।

परिचयपत्र मात्रै बोकेर हिँडेका बैंकका सयौं कर्मचारीहरुलाई मंगलबार प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको थियो। बैंकको कामलागि भन्दै निजी काममा गएको पाईएको प्रहरीले जानकारी दिएको छ ।

बैंकर्स संघक अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई जानकारी गराएर अवदेखी बैंकको पास समेत दिन आग्रह गरेका हुन ।

कर्मचारीलाई काम गर्नको लागि बोलाएको पत्र र परिचयपत्र भएपछि मात्र बैंकका कर्मचारी हिँड्न पाउने भएका छन् । कार्यकारी निर्देशक ढकालले प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रमुखलाई फोन गरेर बैंकले खटाएको पत्र साथमा रहेका कर्मचारीलाई रोक नगर्न आग्रह गरे । ढकालको आग्रहसँगै ट्राफिक प्रमुख भीम ढकालले उपत्यकाभित्रका ट्राफिकलाई सर्कुलर गरिसकेक बताए ।


प्रतिक्रिया दिनुहोस्