मास्क र पीपीइमा कालोबजारी गर्ने ग्लोबल सर्जिकललाई दुई लाख जरिवाना « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

मास्क र पीपीइमा कालोबजारी गर्ने ग्लोबल सर्जिकललाई दुई लाख जरिवाना



काठमाडौं । लकडाउनको समयमा कालोवजारी गर्ने धनगढीको एक सर्जिकल पसललाई कारवाही गरिएको छ । धनगढीमा मेडिकल सामाग्रीमा कालोबजारी गर्ने व्यवसायीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

ग्राहकबाट बढी रकम असुलेर पीपीई र मास्क बिक्री गर्ने धनगढी उपमहानगरपालिका– १ मेन रोडमा रहेको द ग्लोबल सर्जिकल हाउसलाई २ लाख कारवाही गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलाली र बाणिज्य तथा आपूर्ति कार्यालय कैलालीले गरेको संयुक्त बजार अनुगमनको क्रममा धनगढी १ मेन रोडमा रहेको द ग्लोवल सर्जिकल हाउसले मेडिकल सामाग्रीहरु बढि मूल्यमा बेचेको भेटिएपछि २ लाख रुपैयाँ जरिवाना तोकिएको वाणिज्य तथा आपूर्ति कार्यालयका प्रमुख कमल पुन मगरले जानकारी दिए ।

उक्त पसलले पीपीई र मास्क बढि मूल्यमा बिक्री गरिएको भेटिएपछि २ लाख जरिवाना तोकिएको कार्यालय प्रमुख पुन मगरले बताए । “४ हजार ८ सय ६८ पर्नेलाई ७ हजार बेचेको छ, मास्कहरुको १० रुपैयाँ ६५ पैसा पर्नेलाई १५ देखी १७ रुपैयाँमा बिक्री गरिहरको पाइएको छ, उनले भने ।

उक्त पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को ३८ (ङ) को कसुरमा ३९ (१) को ख बमोजिम कारवाही गरिएको हो ।

उनले भने “हामी लकडाउनको समयमा निरन्तर बजार अनुगमन गरिरहेका छौँ, लकडाउन अवधिभर ५ वटा पसलहरुले कालोबजारी गरेकाले उक्त पसललाई कारवाही गरेका छौँ । त्यस्तै आज जिल्ला प्रशासन कार्यालाय कैलाली र बाणिज्य कार्यालयको संयुक्त रुपमा अनुगमन गरेका थियौँ । अनुगमनका क्रममा द ग्लोबल पसलले मूल्य बढि लिएको पाएपछि २ लाख जरिवाना तोकेको हौँ ।”

एक साता अघि मात्रै धनगढी कै शुभ समैजी ग्यास पसललाई पनि मूल्य भन्दा बढि रकम लिएको पाएपछि तीन लाख जरिवाना तिराएको थियो ।


प्रतिक्रिया दिनुहोस्