एसईई परीक्षा जेठ अन्तिम साता, १ देखि ९ सम्मको परिक्षाफल बैशाख २५ गतेभित्र प्रकाशित हुने « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

एसईई परीक्षा जेठ अन्तिम साता, १ देखि ९ सम्मको परिक्षाफल बैशाख २५ गतेभित्र प्रकाशित हुने



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।

यदि २५ वैशाखपछि लकडाउनको मोडल फरक भए एसईई र कक्षा १२ को परीक्षा दुई सिफ्ट गरि एउटै समयमा ( एक पछि अर्काे) परिक्षा लिन सकिने भएको छ ।

विद्यार्थीहरु खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाएर हिमाली र पहाडी जिल्ला विद्यालयका परिक्षा सञ्चालन गर्न सकिने छ ।

कक्षा ११ को परीक्षा ढिलो गरि सञ्चालन गर्न मिल्ने र परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ ।

त्यस्तै कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने चैत २५ गतेभित्र प्रकाशित हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्