अलपत्र परेकालाई शीघ्र उद्धार नगरे खतरा « Artha Path
२३ बैशाख २०७७, मंगलवार

अलपत्र परेकालाई शीघ्र उद्धार नगरे खतरा



नवराज जोशी

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीको प्रस्तावको वेवास्ता गर्दा पुरै देश र देशबासीले अतुलनिय क्षति व्येहोर्नु परेको घटना हाम्रा सामु विदितै छ । हो, त्यसैगरि वर्तमान नेतृत्वले भारतको विभिन्न क्षेत्रमा अलपत्र परेका नेपालीहरुको पीडा र दुख बुझ्नुको साटो गैरजिम्मेवार अभिव्यक्ति दिने सम्माननिय प्रधानमन्त्री र माननीय मुख्यमन्त्रीका कारण भोलि पुरै देशमा अतुलनिय क्षति नहोला भन्न सकिदैन ।

“यी नेताहरु कसैको मुख ताक्नु भन्दा सुदुरपश्चिमका सम्पुर्ण सञ्चार जगत एक ठाउंमा उभिएर यस अभियानमा लाग्नुका साथै विद्वानवर्ग, विद्यार्थीवर्ग लगायत आम जनताले पनि सामाजिक सञ्जालमा यस सम्बन्धिका गुनासाहरु पोखेर समाजिक सञ्जालको सदुपयोग गर्नुपर्ने अवस्था हाम्रा सामु आएको छ । हामी एक छौ र एक जनामा समस्या आउनु हामी सबैको समस्या हो भन्ने कुरा प्रस्तुत गर्नु पर्ने बेला आएको छ ।”

विभिन्न सामाजिक सञ्जाललगायत सञ्चार माध्यमबाट भारतको विभिन्न क्षेत्रमा नेपाली दाजुभाइ, दिदिबहिनीहरुले विभिन्न समस्या झेल्नुपर्ने बाध्यता सुन्नमा आएको छ । कोही गर्भवती अवस्थामा र अन्य दुखमा बाध्यतावस आफ्नो शास जगाईरहेका छन् । विश्व जगत माहामारीले विछिप्त भएका बेला हाम्रा दाजुभाई पीडा र समस्यामा विदेशी भूमिमा आश्रय लिईरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले सामाजिक दूरी (कम्तिमा ३ फीट) कायम गर्न आग्रह गरेकावेला हाम्रा दाजुभाईहरु एकै कोठामा ३५ देखि ४० जना बस्दै आएको र खाना खान पनि हम्मेहम्मे भएको गुनासो पोखिरहेका छन् । आफ्नो गुनासोको सम्बोधन होला र आफ्नो मातृभूमिको शरणमा चरण ढोग्न पाउने अभिलाषा मनमा लिएर राजदूतावासमा सम्पर्क गर्दा फोन न उठ्ने र उठाइहाले हामी परराष्ट्र मन्त्रालयसङ्ग समन्वय गरिरहेको भनेर टार्ने काम भईरहेको गुनासो पनि सुनिन थालेको छ । भारतको क्वारेन्टाइनमा ४० दिन भन्दा बढि बस्दापनि सरकार पक्षले हामी नेपाली जनता हौं र हाम्रो पनि सरकार छ भन्ने आभास दिलाउन सकेको छैन । बरु गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको कुरा समेत हामि सबै सामु पोख्ने क्रम जारी छ ।

हिजोमात्रै सम्माननिय प्रधानमन्त्रीज्युले अब भारतमा अलपत्र नेपालिहरुलाई भित्र्याउन नसकिने कुरा बताएको भनेर सञ्चार माध्यममा आइरहेका छन् । सुदूरपश्चिम प्रदेशका सम्माननीय मुख्यमन्त्रीज्युलाई सम्पर्क गर्दा मलाई सोधेर जानुभएको हो कि ? भन्ने अभिव्यक्ति दिएको भनेर भारतको रामपुरमा अलपत्र एकजना नेपालिले तातो बहस कार्यक्रममा बोल्नु भएको छ । यसकिसिमका अभिव्यक्तिले भोलि खतराजनक स्थिती निम्तिने कुरामा कुनै शंका नै छैन् ।

“आफ्नो गुनासोको सम्बोधन होला र आफ्नो मातृभूमिको शरणमा चरण ढोग्न पाउने अभिलाषा मनमा लिएर राजदूतावासमा सम्पर्क गर्दा फोन न उठ्ने र उठाइहाले हामी परराष्ट्र मन्त्रालयसङ्ग समन्वय गरिरहेको भनेर टार्ने काम भईरहेको गुनासो पनि सुनिन थालेको छ । भारतको क्वारेन्टाइनमा ४० दिन भन्दा बढि बस्दापनि सरकार पक्षले हामी नेपाली जनता हौं र हाम्रो पनि सरकार छ भन्ने आभास दिलाउन सकेको छैन । बरु गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको कुरा समेत हामि सबै सामु पोख्ने क्रम जारी छ ।”

यदि भारतको विभिन्न क्षेत्रमा अलपत्र नेपालिहरु एकै ठाउंमा जम्मा भएर सबै भित्र छिर्ने प्रयास मात्रै गरे पनि पुरै देशमा खतरा निम्तिन्छ यो पक्का हो कि सम्माननिय प्रधानमन्त्री र माननीय मुख्यमन्त्रीज्युले लेखेर राख्दा हुन्छ । समस्याको वेवास्ताले चुनौतिहरुको खात लगाउंछ भन्ने कुराको हेक्का नहुदा झन समस्या बल्झिरहेको अवस्था छ । यदि ती देश बाहिर रहेकाहरुका आफन्तहरु सडकमा ओर्लिए भने भोलिको खतरा के हुन्छ त्यो तपाइ हामीले बुझ्नुपर्ने र बिशेषगरी आज्ञाकारी र गुणकारी कार्यकर्ताहरुले बुझ्नु जरुरी छ । यसरी अनावश्यक बहस गर्नुभन्दा पनि देखा परेको समस्याप्रती लगाव देखायो भने खतरा कम हुन सक्छ । अर्काे यस विषम परिस्थितिमा पनि नेतृत्वको गलतमा हैंस्से गर्ने प्रवृतिका कार्यकर्ताहरुले झन् गलत गर्नुपर्छ भन्ने सुझाव आफ्ना नेतृत्वरुलाई दिईरहँदा झन् समस्या बल्झिने देखिन्छ । तसर्थ तपाईं सम्पुर्णमा यसो नगरी समस्याको समाधान खोजिन सुझाव दिँदा दुखीजनको प्यारो बन्न पाइने कुरामा कुनै शंका नै छैन् । यो समस्या भोलीको खतरा हो, तसर्थ तपाईँ हामी एक भएर यसको समाधानका निम्ती अघि बढ्नुको कुनै विकल्प छैन् ।

विशेषगरि नेपालको सुदूरपश्चिम प्रदेशका आधाभन्दा बढी जनसंख्या भारतमा रहेको छ । आजसम्म हामि सुदूरपश्चिमेलीहरु केन्द्रीय सरकारको नजर भन्दा धेरै टाढा छौँ । त्यसैले पनि होला भारतमा रहेका नेपालीहरुको वेवास्ता गरिएको । तर अब हामिले हाम्रा दाजुभाईको समस्या बुझेर पनि बुझ पचाउनु भन्दा यसको समाधानका लागि पहल गर्नु जरुरी छ । करिव २५ लाख जनासंख्या रहेको सुदूरपश्चिमका अधिकांश रोजागारीका लागि भारत जानुपर्ने बाध्यता रहेको छ । हाम्रा दाजुभाईहरु भारतमा अलपत्र परिरहँदा हामि देशभित्र बसिरहेकाले उनीहरुको पीडा बुझ्ने प्रयास गर्नुको अर्को विकल्प छैन् । यी नेताहरु कसैको मुख ताक्नु भन्दा सुदुरपश्चिमका सम्पुर्ण सञ्चार जगत एक ठाउंमा उभिएर यस अभियानमा लाग्नुका साथै विद्वानवर्ग, विद्यार्थीवर्ग लगायत आम जनताले पनि सामाजिक सञ्जालमा यस सम्बन्धिका गुनासाहरु पोखेर समाजिक सञ्जालको सदुपयोग गर्नुपर्ने अवस्था हाम्रा सामु आएको छ । हामी एक छौ र एक जनामा समस्या आउनु हामी सबैको समस्या हो भन्ने कुरा प्रस्तुत गर्नु पर्ने बेला आएको छ । ध्यान रहोस हामी एक भयौँ भने सरकारले घुँडा टेक्नुपर्ने अवस्था सृजना हुन्छ । अहिले विषम परिस्थितिले हामीलाई केन्द्रिय सरकारले हेर्ने नजर परिवर्तन गर्ने ठूलो अवसर जुराएको छ । यसको सदुपयोग गरेर त हेरौं पक्कै पनि केही न केही त अवस्य हुनेछ । र खुशी साथ हाम्रा दाजुभाईहरुलाई भित्र्याउन पाउने छौँ ।


प्रतिक्रिया दिनुहोस्