सरकारले लकडाउन थप गर्न सक्ने,क्षेत्र छुट्याएर खुकुलो नहुने « Arthapath.com
२३ बैशाख २०७७, मंगलवार

सरकारले लकडाउन थप गर्न सक्ने,क्षेत्र छुट्याएर खुकुलो नहुने



काठमाडौं । चैत्र ११ गतेदेखीको जारी लकडाउन सरकारले फेरी थप गर्ने भएको छ । लकडाउनका कारण कोरोना संक्रमण फैलिन नपाएको भन्दै सरकारले थप गर्ने योजना बनाएको हो । लकडाउन जारी भएपछि अनावश्यक रुपमा बाहिर हिड्न नपाईनेभएपछि कोरोना संक्रमण फैलिन नपाएको बताईएको छ ।

सरकारले चैत्र १८ गतेसम्म जारी गरेको लकडाउन हपता दिन थप गर्दै गर्दै बैशाख २५ गतेसम्मलाई तोकेको छ । तर अझै बैशाख २५ गतेबाट थप गर्ने योजना बनाएको स्रोतले बताएको छ । तर थप भने गरेको छैन भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो । तर सबै ठाउँमा कोरोना परिक्षण नभएकाले तत्कालका लागि यो निर्णय पास हुने कम संकेत गरेको छ । प्रधानमन्त्री कार्यालयले प्रस्ताव बनाउने र भोलि ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने छ ।


प्रतिक्रिया दिनुहोस्