कोरोना बीमा गर्नेको संख्या ४० हजार नाघ्यो, साढे २ करोड प्रिमियम कलेक्शन « Arthapath.com
२४ बैशाख २०७७, बुधबार

कोरोना बीमा गर्नेको संख्या ४० हजार नाघ्यो, साढे २ करोड प्रिमियम कलेक्शन



काठमाडौं । विश्वभरि कोरोना संक्रमणको त्रास बढिरहेको छ । कोरोना भाईरस रोकथाम, न्यूनिकरण र उपचारका लागि विश्भरि विभिन्न पहल भईरहेका छन् । नेपालमा पनि यसको पहल सरकारले गरिरहेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनीकरणका लागि बीमा समितिले कोरोना बीमा योजना ल्याएको छ । सो योजनामा हालसम्म ४० हजार व्यक्ति समाहित भैसकेका छन ।

नेपालमा निर्जिवन २० ओटा बिमा कम्पनीहरुले कोरोना बिमा गर्दै आएका छन । बुधवारसम्म कोरोना बीमा गर्नेको संख्या ४० हजार भन्दा बढि पुगेको नेपाल बिमक संघका अध्यक्ष एवम् शिखर इन्स्योरेन्सका सिईओ दिपप्रकाश पाण्डेले बताए । सो बिमाबाट बुधबारसम्म करिव साँढे २ करोड प्रिमियम कलेक्शन भएको छ ।

मंगलवारसम्म कोरोना बीमा गर्नेको संख्या ३६ हजार ४ सय ४८ जना पुगेका थियो । तर बुधवार पनि कोरोना बीमा गर्ने संख्यामा बृद्धि भएको हो । समयमा कोरोना भाईरसबाट बच्नुको विकल्प नरहेकाले कोरोना भाईरस बीमा गर्न आग्रह गरिरहेका बेला बीमा गर्नेको संख्यामा दैनिक बृद्धि भईरहेको छ ।

विभिन्न बीमा कम्पनिहरुमध्ये मंगलवारसम्म सबैभन्दा धेरै शिखर ईन्स्योरेन्स कम्पनिले बीमा ८ हजार ५६ जानको बीमा गरेको छ । यसले ६ सय १८ वटा बिमा पोलिसी विक्री गरेको जनाएको छ । जसबाट ४२ लाख ७३ हजार २ सय छ रकम संकलन गरिसकेको छ ।
त्यस्तै दोस्रोमा एनएलजी ईन्स्योरेन्स कम्पनि लिमिटेडले ३ हजार ८ सय १२ जनाले बीमा गरेका छन् । एनएलजीले २ सय २७ वटा पोलिसि विक्री गरेको जनाएको छ । एनएलजीले १९ लाख २ हजार ८ सय प्रिमियम संकलन गरेको छ ।
त्यस्तै तेस्रो नंबरमा नेपाल इन्स्योरेन्स कम्पनीले २ हजार ९ सय ७८ जनाको बिमा गरेको छ । नेपाल इन्स्योरेन्सले १७ लाख १७ हजार ५ सय प्रिमियम संकलन गरेको सिईओ विजयबहादुर शाहले बताए । त्यसैगरि हिमालयन ईन्स्योरेन्स कम्पनीले २ हजार ७ सय ४७ बीमा गरेको छ भने १४ लाख ९५ हजार ५ सय प्रिमियम रकम संकलन गर्न सफल भएको छ ।

मंगलवारसम्म राष्ट्रिय बिमा कम्पनीले भने हालसम्म एउटा पनि बीमा गर्न सकेको छैन । मंगलवारसम्म २ हजार ५ सय १७ वटा पोलीशी छन् भने १ करोड ९८ लाख ५ हजार ४ सय ६० रुपैयाँ प्रिमियम संकलन भएको छ । मंगलबारसम्मको तथ्याङ्क आएपनि बुधबारसम्म झण्डै साँढे २ करोड पुग्ने पाण्डेले बताए । उनले भने सरकारलेनै कोरोनाको बिमाको लागी आवश्यक निती बनाउनुपर्ने र स्थानिय सरकारले लागु गर्नुपर्नेमा जोड दिए ।
बिमा समितिको अगुवाईमा यस्तो महामारीको बिमा गर्न सबैमा सचेत गराउन आवश्यक रहेको नेपाल इन्स्योरेन्स कम्पनीका सिईओ विजयबहादुर शाहले बताए ।


प्रतिक्रिया दिनुहोस्