चार लाखभन्दा बढी स्वदेश फिर्न इच्छुक « Arthapath.com
२५ बैशाख २०७७, बिहीबार

चार लाखभन्दा बढी स्वदेश फिर्न इच्छुक



काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन् ।

प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उनले यस्तो बताएका हुन् । उनका अनुसार नेपाल बाहिर चार लाख नागरिकलाई नेपालमा ल्याउने अवस्थामा रहेकाले यसको प्रयास भईरहेको बताए । विदेशमा रहेका चार लाख नोपलहरुमध्ये एक लाख १२ हजारलाई तत्काल उद्धार गर्नुपर्ने ब्यवस्था आएको बताए ।

मलेसियाः ७ हजार
कतारः ५० हजार
साउदी अरबः २० हजार
संयुक्त अरब इमिरेट्स(यूएई): १२ हजार
कुवेतः ९ हजार
बहराइनः ३ हजार
ओमानः ५ पाँच सय श्रमिक तत्काल फिर्ता गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्