मंगलबारदेखि दैनिक दुई घण्टा सेयरबजार खुल्ने « Arthapath.com
२६ बैशाख २०७७, शुक्रबार

मंगलबारदेखि दैनिक दुई घण्टा सेयरबजार खुल्ने



काठमाडौं । मंगलबारदेखि शेयरबजारको कारोबार खुला गरिने भएको छ। शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार संचालन गर्न बोर्डले निर्देशन दिएको हो।

धितोपत्रको दोस्रो बजार कारोबार सञ्चालन गर्न गराउन सम्बद्ध पक्षहरू सबैलाई बोर्डले दिएको निर्देशन
१. धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा (विहान ११ बजेदेखि १ बजेसम्म) सञ्चालन गर्ने ।

२. प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने ।

३. धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आइपिएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आइपिएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावणदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने ।

४. लगानीकर्तालाई मेरो सेयरखाता खोली सोही खाताबाट अनिवार्य रुपमा इडिआइएस मार्फत राफसाफ गर्ने व्यवस्था गर्ने । २०७७ आषाढ मसान्तसम्म मेरो सेयरको नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने । सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालय मार्फत राफसाफको व्यवस्था मिलाउने ।

५. धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विधमान प्रावधानलाई कडाइका साथ लागू गर्ने।

६. नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने ।

७. २०७७ आषाढसम्म Online बाट कारोबार गर्ने लगानीकर्ताहरुसँग Password र User ID प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने व्यवस्था गर्ने । २०७७ श्रावणदेखि नियमानुसार तोकिएको शुल्क तिरेर मात्र ग्राहकले Password र User ID लिन सक्ने व्यवस्था गर्ने ।

८. सिडिएसको System बाट आउने Average Price लाई धितोपत्र दलालले Manual Entry गर्न नपर्ने व्यवस्था रहेको हुँदा सो अनुरुप कारोबार गर्ने व्यवस्था मिलाउने ।

९. लगानीकर्ताहरुको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा Help Desk को व्यवस्था गर्ने र सो को जानकारी दिने ।

१०. नेप्से र csc ले आवश्यक Safety Protocol बनाई आफ्नो र धितोपत्र दलाल, निक्षेप सदस्य, मर्चेन्ट  बैंकरले लागू गर्ने व्यवस्था गर्ने ।

११. नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरs, डिपी, ब्रोकर को कार्यालय संचालन गर्दा नेपाल सरकारबाट निर्णय भएअनुसार कुल कर्मचारीको एक तिहाई कर्मचारीबाट आलोपालो गरी कार्यालय संचालन गर्ने ।

१२. नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरs, डिपी, ब्रोकर कार्यालयलाई सवारी साधनको लागि सवारी पासको आवश्यकता परेमा आफ्नो कार्यालयमा भएका सवारी साधनहरु मध्ये एक चौथाई सवारी साधनलाई मात्र बोर्डले सवारी पास उपलब्ध गराउने । सोको लागि सम्बन्धित कार्यालयको कार्यालय प्रमुखले
सावरी साधनको नम्बर सहित पत्राचार गरी बोर्ड समक्ष अनुरोध गर्ने ।

१३. धितोपत्र बजारमा लगानीकर्तालाई कने विशेष अवस्थामा कारोबारको सन्दर्भमा एकपटकको लागि सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिश सहित बोर्डमा समक्ष सम्पर्क राख्न सक्ने ।

१४.नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर, डिपी, ब्रोकर को कार्यालय मिति २०७४।१।२८ गते आईतबार देखि संचालन गर्ने र धितोपत्रको दोस्रो बजार कारोबार मिति २०७७।१।२० गते मंगलबारबाट संचालन गर्ने ।


प्रतिक्रिया दिनुहोस्