बढी मूल्यमा दाल बेच्ने बिगमार्टलाई ३ लाख जरिवाना « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बढी मूल्यमा दाल बेच्ने बिगमार्टलाई ३ लाख जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौंडामा रहेको बिगमार्टलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ। मासको दालमा बढी मूल्य लिएको कसुरमा ३ लाख जरिवाना गरिएको हो।

बिगमार्टमा दुई प्रकारको मूल्यको मासको दाल राखिएको छ। एउटा दालको मूल्य प्रतिकेजी १ सय ३५ र अर्कोे दालको मूल्य २ सय ७१ तोकिएको छ।

ती दुवै प्रकारका दाल हेर्दा उस्तै छन्। अग्र्यानिक भएकोले बढी मूल्य राखिएको भनेपछि विना मापदण्ड अग्र्यानिक भनेर बढी मूल्य लिएको कुसरमा कारबाही गरिएको विभागले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन २०७५ को १६ ९२० ९क० बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ ९ङ० को कसुरमा ३१ ९१० ९ख० बमोजम ३ लाख रूपैयाँ जरिवाना गरिएको हो।


प्रतिक्रिया दिनुहोस्