मन्त्री ज्ञवाली र भारतीय राजदूतबीच छलफल,भारतलाई कूटनीतिक नोट पठायो

काठमाडौँ । नेपाल सरकारले भारतलाई आज कूटनीतिक नोट पठाएको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारत सरकारलाई कूटनीतिक नोट पठाएको हो ।
आज नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई कूटनीतिक नोट हस्तान्तरण गर्नुभएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।
भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि उत्पन्न विवाद अन्यत्र सबैतिरको सीमा विवादको समाधानको पहल गर्दै नेपाल सरकारको तर्फबाट कूटनीतिक नोट पठाएको जनाएको हो । कूटनीतिक नोटमा मन्त्री ज्ञवालीले सीमा विवादका बिषयमा नेपालको आफ्नो औपचारिक धारणा उल्लेख गर्नुभएको छ ।
मन्त्री ज्ञवाली र राजदूत क्वात्राका बीचमा शान्तिपूर्ण वार्ता मार्फत विवाद समाधान गर्न आवश्यक पहल गर्ने बिषयमा छलफल भएको जनाइएको छ ।