काठमाडौंमा ओली र मोदीको पुत्ला दहन « Arthapath.com
२९ बैशाख २०७७, सोमबार

काठमाडौंमा ओली र मोदीको पुत्ला दहन



काठमाडौं । काठमाडौंको माइतीघरमा एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जनाएका छन् । सोमबार माइतीघरमा भारतले लिपुलेकमा नेपाली क्षेत्रमा सडक बनाएको विरोधमा माइतीघरमा राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

यसैक्रममा प्रहरीले ३० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले लकडाउनको पालना नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताउनुभयो । पक्राउ परेका सबैलाई पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्