आजदेखि ओपिडीसहित नियमित स्वास्थ्य सेवा सुचारु « Arthapath.com
३० बैशाख २०७७, मंगलवार

आजदेखि ओपिडीसहित नियमित स्वास्थ्य सेवा सुचारु



काठमाडौं । सुदूरपश्चिम प्रदेश सबै जिल्लाका अस्पतालहरुमा ओपिडी सेवा सञ्चालनमा आएको छ । साथै अन्य नियमित स्वास्थ्य सेवा पनि आजबाट पुर्णरुपमा सुचारु भएका छन् । कोरोना भाईरसले गर्दा सरकारले जारी गरेको लकडाउनमा ईमरजेन्सी सेवा मात्रै सुचारु गरेको थियो, तर आजबाट सबै सेवा शुरु भएका हुन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार सबै सरकारी अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन गरेपछि अस्पतालमा बन्द रहेका सेवाहरु सुचारु भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्