आगामी वर्षको नीति तथा कार्यक्रम जेठ २ गते पेश हुने « Arthapath.com
३० बैशाख २०७७, मंगलवार

आगामी वर्षको नीति तथा कार्यक्रम जेठ २ गते पेश हुने



काठमाडौं । आगामी वर्षको नीति तथा कार्यक्रम जेठ २ गते अपरान्ह ४ बजे पेश हुने भएको छ । मंगलवार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त वैठकमा जेठ २ गते अपरान्ह ४ बजे पेश गर्ने कार्यक्रम तय भएको हो । जेठ १५ गते सरकारले आर्थिक बर्ष २०७७÷०७८ को बजेट पेश गर्ने कार्यक्रम रहेको छ । त्यस्तै मंगलवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा लकडाउनमा भिड बढेको भन्दै मन्त्रीहरुलाई प्रश्न गरेका छन् । बैंक तथा वित्तिय संस्था खुला भएको र अनावश्यक रुपमा लकडाउन उल्लङ्घन गरेकोप्रति प्रधानमन्त्रीले अझै कडा गर्न निर्देशन दिएका हुन् । कोरोना विरामीका संक्रमितको संख्या बढिरहेका वेला लकडाउन कडा रुपमा लागु गर्न निर्देशन दिएको एक मन्त्रीले बताए ।


प्रतिक्रिया दिनुहोस्