हालसम्म ७८ हजार ५ सय ९१ नमुना परीक्षण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ७८ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ ।
मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षण गरि ७८ हजार ५ सय ९१ नमुना परीक्षण भएको जानकारी गराएका हुन् ।
पछिल्लो २४ घण्टामा १ हजार ३१६ वटा परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
उनका अनुसार आरडिटी विधिबाट ५९ हजार ६२७ र पीसीआर विधिबाट १८ हजार ९६४८ गरी कुल ७८ हजार ५ सय ९१ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन् ।
गत २४ घण्टामा २ हजार २३६ को थप परिक्षण गरिएको हो ।
आरडीटी विधिवाट भएका परिक्षणहरुमध्ये प्रदेशहरुमध्ये
प्रदेश १ मा ८ हजार ६३, प्रदेश २ मा ५ हजार ९३५, बागमती प्रदेशमा ९ हजार ३१६, गण्डकी प्रदेशमा ६ हजार ५१४, प्रदेश ५ मा ७ हजार २२१, कर्णाली प्रदेशमा ७ हजार १६३ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ४१५ वटा नमुना गरि कूल ५९ हजार ६२७ परिक्षण भएको उनले जानकारी दिए ।
त्यस्तै क्वारेन्टाईनमा रहेका हाल १२ हजार ७८५ जना छन् ।
प्रदेश १ मा ९७४, प्रदेश २ मा १ हजार ५३४, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा २९२, प्रदेश ५ मा ५ हजार ४४२, कर्णाली प्रदेशमा १ हजार ६९९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७५४ जना क्वारेन्टाईनमा रहेका छन् ।
त्यस्तै आइसोलेशनमा हालसम्म २२८ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकामा एक जना र उपत्यका बाहिर २२७ जना रहेका छन् ।
त्यसमध्ये प्रदेश १ मा २५ जना, प्रदेश २ मा ८० जना, बाग्मती प्रदेशमा २५ जना, प्रदेश ५ मा ९८ जना गरि १५८ जना पुष्टि भएका र ७० जना सम्भावित जना आईसोलशनमा रहेका छन् ।
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १५८ जना पुरुष र ३३ जना महिला रहेका छन्
त्यसमध्ये प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ७१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ७१ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् ।