कोरोना रोकथाम तथा सीमा समाधान: सरकारले बोलायो सर्वदलीय बैठक

काठमाडौं । विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासकाविच नेपाल सरकारले सर्वदलिय बैठक बोलाएको छ । कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको हो ।
अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।
सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।