मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाएका छन् । सांसद विडारीले राहत बाँड्ने नाममा गाउँ गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले सांसदहरुले कोरोना संक्रमण फैलाएको आरोप लगाए ।
राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै विडारीले भने, ‘नेता हुँ भनेर राहत बाँडन ट्रयाक सुट टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे। मन्त्री, सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे गरे। राहत भूकम्पको बेलामा बाँडने हो। राहत बाढी पीडित भएको बेलामा बाँडने हो। अहिलेको राहत स्थानीय सरकारले बाँडने अरुले बाँडने होइन्। स्थानीय सरकारको पनि वडाध्यक्षले बाँडने हो। वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँडने हो।’’