सेयर बजार फेरि बन्द

काठमाडौं । सेयर बजार बिहीबारबाट पुनः बन्द हुने भएको छ । लकडाउनको बीचमा दुई दिन खुलेको बजार बिहीबारबाट पुनः बन्द गराउन नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)लाई निर्देशन दिएको हो ।
धितापत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कोरोनाको संक्रमित बढ्दै गएको र लकडाउन पनि थप कडा भएकोले बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको बताएका छन् ।