१ सय केजी सहित २ जना पक्राउ « Arthapath.com
१ जेष्ठ २०७७, बिहीबार

१ सय केजी सहित २ जना पक्राउ



धादिङ । गजुरी गाउँपालिका–५ दरिङ्गल खोलाको पुलबाट अवैध लागूऔषध चरेस करिब १ सय केजी सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बिरहखर्क बस्ने ३७ वर्षीय टेकबहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने ३७ वर्षीय विशाल तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा।९७ प ४९९९ र प्रदेश नं।३–०२–००१ प ७४५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ४ वटा प्लास्टिकको बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्