मन्त्रिपरिषद् बैठक साढे २ बजे बस्ने « Arthapath.com
२ जेष्ठ २०७७, शुक्रबार

मन्त्रिपरिषद् बैठक साढे २ बजे बस्ने



काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पास भएपछि संसद्मा पेस गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । अपराह्न ४ बजे बस्ने बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएकाले सो नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

सरकारले यसपटक कोरोना महामारीका कारण देशका सबै क्षेत्र प्रभावित भएकाले नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई जोड दिने कार्यक्रम ल्याउने भएको छ । यस्तै, विपन्न वर्गका किसान र मजदुरका लागि राहतका कार्यक्रम ल्याइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्