कोरोना कोषमा स्वतन्त्र ऊर्जा उत्पादक संघको एक करोड ११ लाख « Arthapath.com
२ जेष्ठ २०७७, शुक्रबार

कोरोना कोषमा स्वतन्त्र ऊर्जा उत्पादक संघको एक करोड ११ लाख



काठमाडौं । निजी जलविद्युत आयोजना प्रवद्र्धकको संगठन स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको राहत कोषमा एक करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

इपान अध्यक्ष शैलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तमार्फत शुक्रबार उक्त रकम बराबरको चेक कोरोना कोषलाई उपलब्ध गराएका हुन् । चेक बुझेपछि मन्त्री पुनले आफैं समस्यामा रहेका बेलासमेत दायित्वबोध गरेर कोरोनाविरुद्धको सरकारी अभियानमा ऐक्यबद्धता जनाएकामा इपानलाई धन्यवाद दिए। इपानले आफू सम्बद्ध ६६ जना व्यवयासीबाट व्यक्तिगत रुपमा रकम संकलन गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्