भूमी बैंकको स्थापना गर्ने सरकारको घोषणा « Arthapath.com
३ जेष्ठ २०७७, शनिबार

भूमी बैंकको स्थापना गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले कोरोनाका कारण प्रभावित बनेका उद्योगहरुलाई सहुलियत दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

यसअघि उद्योगी तथा व्यवसायीहरुले सहुलियत माग गर्दै आएका थिए । सरकारले प्रभावित उद्योगहरुलाई सहुलित दिने कुरा सरकारको नीति तथा कार्यक्रममै समेटेको छ ।

त्यस्तै, सरकारले अब भूमि बैंकको स्थापना गर्ने भएको छ । तयस्तै, एकै प्रकारको बाली लगाउन उत्प्रेरित गर्नेछ । एकैसाथ उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेछ । स्थानीय उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सहकारी क्षेत्रको प्रर्वद्धन गरिने कुरा पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । र, सहकारी संस्थाहरुलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने कुरापनि कार्यक्रममा समेटिएको छ ।

त्यस्तै, सरकारले जमिन बाँझो राख्न नपाउने गरी विशेष व्यवस्था कार्यन्वयनमा ल्याउने भएको छ । कृषि उत्पादनलाई जोड दिनका लागि सबै तहमा रहेका खाली जमिन प्रयोगमा ल्याउने र कृषिमार्फत रोजगारी सिर्जनामा जोड दिइनेछ । सार्वजनिक जग्गामा फलफूल तथा कृषिका कार्य अगाडि बढाइने योजना ल्याइएको छ भने निजी जग्गाको समेत अधिकतम प्रयोग गरिनेछ । त्यस्तैगरी एउटा उत्पादनलाई ठूलो क्षेत्रमा लगाउने र त्यसको बजारको व्यवस्थासमेत गर्न सहज हुने बताइन् । सरकारले बिउबिजन र कृषि अनुसन्धानमा जोड दिनेसमेत भएको छ ।


प्रतिक्रिया दिनुहोस्