अनुमति विना नै दिेशीलाई कोरोना स्वाव दिएपछि स्पष्टिकरण « Arthapath.com
३ जेष्ठ २०७७, शनिबार

अनुमति विना नै दिेशीलाई कोरोना स्वाव दिएपछि स्पष्टिकरण



काठमाडौं । अनुमतिबिनै विदेशी संस्थालाई जिन (अनुवांशिक) सिक्वेन्सिङ गर्न दिएको भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् कानुनबमोजिम अघि बढ्ने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झासहित ६ जनाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति विना नै नेपालका पहिलो कोरोना संक्रमितमा पाइएको सार्स–कोभ–२ भाइरसको जिन सिक्वेन्सिङ अनुसन्धान रिपोर्ट विदेशीलाई दिएको आरोप लागेको हो ।

आगामी मंगलबारसम्म जवाफ पेस गर्न परिषद्ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झासहित ६ जनालाई स्पष्टीकरण सोधेको छ । परिषद्ले प्रयोगशाला निर्देशक डा. झासहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. विवेकलाल कर्ण, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. रञ्जित साह र डा. हेमन्तचन्द्र ओझासँग स्पष्टीकरण सोधेको हो ।

“नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानवस्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्नेमा स्वीकृति नलिइकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख प्रकाशन गरेको हुँदा तपाईहरुले परिषद्बाट स्वीकृत नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेवापत तपाईहरुलाई किन कारवाही नगर्नेरु” स्पष्टिकरणमा भनिएको, “कारवाही गर्न नपर्ने कुनै मनासिब कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र परिषद्मा पेश गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ ९३० बमोजिम परिषद्को मिति २०७७ साल वैशाख २६ गतेको निर्णय भएको हुँदा निर्देशानुसार जानकारीका लागि अनुरोध छ ।”

के हो आरोप रु

उनीहरुले नेपालको प्रचलित कानुन र आचारसंहिता विपरित नेपालीको भाइरस बेचेको आरोप लागेको छ । नेपालको पहिलो कोरोना संक्रमित जनकपुरका युवाको भाइरसको नमूना परीक्षणका लागि हङकङको प्रयोगशालामा पठाइएको थियो । त्यतिबेलासम्म नेपालमा कोरोना परीक्षण प्रयोगशाला बनिसकेको थिएन ।

ती युवालाई कोरोना संक्रमण भए नभएको पत्ता लगाउन मात्र पठाइएको नमूना सरकारलाई थाहौ नदिई उनीहरुले विदेशी संस्थालाई अन्य प्रयोजनका लागि अनुसन्धान तथा सिक्वेन्सिङ गर्न दिइएको खुलेपछि कारबाही अघि बढेको हो । सबैजनाले आफूहरुबाट गम्भिर गल्ति भएको स्वास्थ्य मन्त्रालयको आन्तरिक बैठकमा स्वीकार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्