विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याइने « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याइने



काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने गृहकार्य भईरहेको छ । आईतवार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने तर अझै ठोस योजना बनाएपछि मात्रै निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको हो ।

पहिलो चरणमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा कस्तो अवस्थामा रहेकालाई प्राथमिकता दिने भन्नेबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने तर कति मान्छे ल्याउनु पर्ने हो त्यसको राम्ररी गृहकार्य गर्ने, ल्याएपछि उनीहरूलाई कसरी क्वारेन्टाइनमा राख्ने, कसरी कोरोना परीक्षण गर्ने र उनीहरूको अन्य व्यवस्थापन कसरी गर्ने भन्ने बारे योजना बनाउने र त्यसपछि सम्बन्धित देशका प्रतिनिधिसँग कुराकानी गर्ने मन्त्री भट्टराईले बताए ।

त्यसपछि कुटनीतिक ढंगले पहलकदमी अगाडि बढाउने छ । तर त्यसको एउटा ठोस प्रस्ताव आएपछि मात्रै मन्त्रिपरिषद्ले निर्णय गर्ने र यस्तो योजना बनाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्