मुलुकको अर्थतन्त्र कमजोर हुन नदिन सरकार गम्भीरः प्रधानमन्त्री ओली « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

मुलुकको अर्थतन्त्र कमजोर हुन नदिन सरकार गम्भीरः प्रधानमन्त्री ओली



काठमाडौं । कोरोनाले उत्पन्न संकटबाट विश्वलाई पारेको असरबाट नेपाल पनि अछुतो नरहेको बताउदै प्रधानमन्त्री ओलीले खाद्यान्न वस्तुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । उनले कोरोनाबाट पारेको प्रभावलाई ध्यानमा राखेर सरकारले नीति तथा कार्यक्रममा यथेष्ट कार्यक्रम समेटेको उल्लेख गर्दै मुलुकको आर्थिक अवस्था कमजोर हुन नदिन सरकार गम्भीर रहेको बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले कोरोनाले प्रभाव पार्ने हरेक क्षेत्रमा सरकारले ध्यान पु¥याएको बताए । उनले रोजगारीको अवसर उपलब्ध गराउने विषयमा पनि तयारी सुरु गरिएको र अति विपन्न वर्गको गाँसबासमा असर पर्न नदिन पनि सरकारले योजना बनाएको बताए ।

कोरोना भाइरसको कारण विश्वकै अर्थतन्त्र ऋणात्मक हुन पुगेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले नेपालको अर्थतन्त्रलाई जोगाउन सरकारले विशेष तयारी थालेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्