४५ लाख नेपाली विदेशबाट ल्याउने कुरा सहज होइनः प्रधानमन्त्री « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

४५ लाख नेपाली विदेशबाट ल्याउने कुरा सहज होइनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका ४५ लाख नेपालीलाई ल्याउने प्रयास भइरहेको बताएका छन् । मंगलवार संघिय सरकारको दुवै सदनमा सांसदहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भने ‘४५ लाख नेपाली विदेशमा छन्, अन्य देशले एक सय आफ्ना नागरिकलाई फिर्ता लिए जस्तो यो होइन, ४५ लाख मानिसलाई स्वदेश ल्याउन कति समय लाग्छ ? कति जहाज चाहिन्छन् ?,’

उनीहरुलाई हचुवाका भरमा नेपाल ल्याएर पुरै देशलाई भद्रगोल बनाउन आफु नचाहने उनको भनाई छ ।

त्यस्तै उनले आफ्नो सरकार कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना पनि गर्न नहुने बताएका छन् । “हामी कहिलेकाहीँ सुन्छौं– जानैजानै लाग्याथ्यो, फलानो देशको राजदूतले भूमिका खेलेर फेरि अड्याइदियो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा वचनहरू कुनै पनि देशले नबोलिदिए राम्रो हुन्थ्यो । यो देश नेपाली जनताले बनाएको हो, कुनै पनि देशको आशीर्वादबाट बन्ने, टिक्ने, अडिने, ढल्ने, ढालिने, कल्पना नगरे हुन्छ । यो नेपाली जनताको इच्छाको प्रकटीकरण हो,” उनले भने ।

उनले सरकार ढलोस् भनेर कसैले इच्छा गर्न पाइने तर त्यस्तो इच्छा पूरा नहुने बताए।


प्रतिक्रिया दिनुहोस्