नेपालको नयाँ नक्सा आज सार्वजनिक गर्ने « Arthapath.com
७ जेष्ठ २०७७, बुधबार

नेपालको नयाँ नक्सा आज सार्वजनिक गर्ने



काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । जेठ ५ गते बसेको मन्त्रीपरिषद्ले लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार केही प्राविधि कार्यहरु गर्ने बाँकी रहेको र अहिले त्यो मिलाउने काम भइरहेको छ । यदि सबै काम सकिए आजै नक्सा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । मन्त्रालयमा हिजो भएको छलफलअनुसार आज ११ बजे नक्सा सार्वजनिक गर्ने तयारी थियो । नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रीका निजी सचिवालय लागेको मन्त्रालयका एक पदाधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्