थप आठ जना कोरोनामुक्त,आज डिस्चार्ज भए « Arthapath.com
७ जेष्ठ २०७७, बुधबार

थप आठ जना कोरोनामुक्त,आज डिस्चार्ज भए



काठमाडौं । थप ८ जना कोरोना संक्रमितहरु आज डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जनाले कोरोनामुक्त भउका हुन् ।

उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त भएका हुन् ।

डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो. सबिर, मो. सलौना, अहमद साइद, सलमान खान र मोरिस खान रहेका छन् । यसैगरी उदयपुर भुल्केका इद्रीश मियाँ ९५२०, गुड्डु आलम ९१८० र मुस्ताकी ९६६० रहेको अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्