मध्यरातमा आफताब आलमको घरमा छापा, १२ राउण्ड हवाईफायर « Arthapath.com
९ जेष्ठ २०७७, शुक्रबार

मध्यरातमा आफताब आलमको घरमा छापा, १२ राउण्ड हवाईफायर



काठमाडौं । राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति खानतलासी गरेको छ ।

उक्त बमकाण्डका फरार अभियुक्त महताब आलम (आफताब आलमका भाइ)लाई पक्राउ गर्न प्रहरी बिहीबार राति आलमको घरमा पुगेको थियो । तर त्यहाँ आलमलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

मध्यरातमा प्रहरी छापा मार्न पुगेपछि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्