सरकारले र्तियो झण्डै ५७ अर्ब रुपैयाँ ऋण « Arthapath.com
२४ असार २०८२, मंगलबार

सरकारले र्तियो झण्डै ५७ अर्ब रुपैयाँ ऋण



काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा झण्डै ५७ अर्ब रुपैयाँ ऋण तिरेको छ । अर्थ मन्त्रालयका अनुसार नौ महिनामा आन्तरिक ऋणतर्फ २६ अर्ब ५५ करोड रुपैयाँ साँवा र १४ अर्ब ४९ करोड ब्याज गरी ४१ अर्ब चार करोड रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै बाह्य ऋणतर्फ साँवा १२ अर्ब ९८ करोड रुपैयाँ र ब्याज दुई अर्ब ८० करोड गरी १५ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको छ । समग्रमा नौ महिनामा सरकारले ५६ अर्ब ८२ करोड रुपैयाँ ऋण तिरेको छ ।

नेपालको कुल ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यसमध्ये आन्तरिक ऋण चार खर्ब ८१ अर्ब ५२ करोड रुपैयाँ र वैदेशिक ऋण सात खर्ब १४ अर्ब सात करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्