संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय « Arthapath.com
२४ असार २०८२, मंगलबार

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले नेपालको संविधान संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए । लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापसम्बन्धी व्यवस्था संशोधनको लागि संविधान संशोधन गर्न लागिएको हो ।

गएको सोमबार मन्त्रिपरिषदबाट पारित भएको नयाँ नक्सा गएको बुधबार सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्