मनकारी अगस्तिी दम्पतीले दिए ग्लोबल आईएमई लघुवित्तलाई १ महिनाको घरभाडा छुट « Arthapath.com
१ श्रावण २०७७, बिहीबार

मनकारी अगस्तिी दम्पतीले दिए ग्लोबल आईएमई लघुवित्तलाई १ महिनाको घरभाडा छुट




काठमाडौं – नोभल कोरोना भाइरस कोभिड १९ विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढीरहेको बेला ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडलाई लिखु गाउपालिका वडा नं ४ का मनकारी रामचन्द्र अगस्तिले १ महिनाको घरभाडामा छुट दिएका छन ।

ग्लोबल आईएमई शाखा कार्यलयका प्रमुख प्रदिप लामिछानेका अनुसार महामारीको समयमा लघुवित्तको चौघडा शाखालाई एक महिनाको नौ हजार बराबरको घरभाडा छुट दिएर घरबेटी अगस्ति दम्पतीले सामाजिक दायित्व निर्वाह गरेकोमा सम्मान गरेको बताएका छन ।

गत चैत ११ गतेबाट भएको लकडाउनका कारण देशनै आर्थिक मन्दीमा धकीलिएको बेला सरकारले भाडा नलिन आव्हान गरेकोमा आफूले पनि मानवताको भूमिका निर्वाह गरी १ महिनाको घर भाडा छुट दिएको समाजसेवी अगस्तिले बताए ।


प्रतिक्रिया दिनुहोस्