कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो



काठमाडौँ । कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका छन् ।

मृत्यु हुनेमा धनुषा जिल्लाको विदेह ८ बस्ने ६० बर्षका पुरुष, त्यस्तै धनुषा जिल्ला मिथिला विहारी नगरपालिका ५ निवासी ५० बर्षिय पुरुष, त्यसैगरी काभ्रे जिल्लाको पाँचखाल १ निवासी ५० बर्षिय महिला र सिन्धुपाल्चोक जिल्लाको बार्हबिसे ४ निवासी ८४ बर्षिय पुरुषको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्