तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कास्की सेवा अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचाररत तनहुँको व्यास नगरपालिका १ निवासी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण पोखरामा मृत्यु भएको छ । उनी साउन ३२ गते सो अस्पतालमा उपचार गराउन गएकी थिईन् । उनकी छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको थियो । मृतक महिलामा मधुमेहसँगै मुटुरोगको समेत समस्या रहेको जनाइएको छ ।