मंगलबार ताेलामै २२ सयले बढ्याे सुनको भाउ

काठमाण्डौ । मंगलबार सुनचाँदीको भाउ आज बढेको छ ।
सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।
हिजो चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।