मंगलबार ताेलामै २२ सयले बढ्याे सुनको भाउ « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

मंगलबार ताेलामै २२ सयले बढ्याे सुनको भाउ



काठमाण्डौ । मंगलबार सुनचाँदीको भाउ आज बढेको छ ।


सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

हिजो चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्