राष्ट्रिय सहकारी बैंकको नाफा ३६.६९ प्रतिशतले बढ्यो « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

राष्ट्रिय सहकारी बैंकको नाफा ३६.६९ प्रतिशतले बढ्यो



काठमाडौं । अघिल्लो आर्थिक वर्षमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको राष्ट्रिय सहकारी बैंकले गत आर्थिक बर्षमा ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो ।

त्यस्तै सेयर पुँजी २ अर्ब २२ करोड ३८ लाख रुपैयाँ, जगेडा कोष १ अर्ब ४ करोड ५० लाख रुपैयाँ, खुद व्याज आम्दानी १ अर्ब १० करोड ७६ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै ७७ जिल्लाका सबै खाले सहकारी संघ–संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघ–संस्था सदस्य रहेका छन् । बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्ब ६९ करोड कर्जा लगानी गरेको जनाएको छ


प्रतिक्रिया दिनुहोस्