एमाले पार्टीले पायो बैधानिकता, चुनाब चिन्ह उदाउँदो सुर्य « Arthapath.com
६ असार २०८२, शुक्रबार

एमाले पार्टीले पायो बैधानिकता, चुनाब चिन्ह उदाउँदो सुर्य



काठमाडौं । बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा (एमाले) नामको दल दर्ता भएको आयोगले जनाएको छ । यो नयाँ दल दर्ताभएसंगै नेकपा एमाले ब्यँतिएको छ ।

नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि र आयोगको बुधबार बसेको बैठकले नेकपा (एमाले) नामको दल दर्ता गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा (एमाले) को महासचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिह्न उदाउँदो सूर्य रहेको पनि श्रेष्ठले बताए । दल दर्ताका सबै प्रक्रिया पूरा गरेकाले आयोगको बैठकले दर्ता गर्ने निर्णय लिएको उनको भनाइ थियो ।

पार्टीको विधानमा पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) माक्र्सवादी, लेनिनवादी) रहेको र छोटकरीमा नेकपा (एमाले) रहेको आयोगले जनाएको छ । एमाले दर्ता भएसँगै आयोगमा १ सय ३२ दल भएका छन् ।


प्रतिक्रिया दिनुहोस्