आइतबार ८१८ जनामा कोरोना, उपत्यकामा १६६ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा आईतबार १६६ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा ८१८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै कोरोना भाईरसलाइै जितेर २८१ जना घर फर्किएका छन् ।
नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९३५ जना पुगेको छ ।
नेपालमा हालसम्म १८ हजार ६३१ उपचारपछि निको भएका छन् ।
नेपालमा हालसम्म १४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।