भिटिएम खरिदका लागि सात दिने टेन्डर आव्हान « Arthapath.com
८ भाद्र २०७७, सोमबार

भिटिएम खरिदका लागि सात दिने टेन्डर आव्हान



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले भिटिएम खरिदका टेण्डर आह्वान गरेको छ ।

कोरोना परीक्षणका लागि ७ दिने समय दिँदै सूचना प्रकाशन गर्दै स्वाब संकलन गर्ने ३ लाख भिटिएम खरिदका लागि टेन्डर आह्वान गरेको हो ।

विभागले ३ लाख भिटिएम (२ स्वाबसहितका) खरिदका लागि १३ लाख धरौटी रकम राख्दै प्रस्ताव पेस गर्न भनेको छ । विभागले इच्छुक फर्महरुलाई भदौ १५ गते १२ बजेसम्म प्रस्ताव पेस गर्न भनेको छ ।


प्रतिक्रिया दिनुहोस्