सीडिएसकाे सीइओमा आचार्यले मारे बाजी

काठमाडाैं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृषि विकास बैंकका पुर्व कर्मचारी पुर्णप्रसाद आचार्य नियुक्त भएका छन् ।
सीइओ छनाेट सिमितिले आचार्यसहित कृष्ण गिरी र भिष्म चालिसेकाे नाम सिफारिस गरेकाे थियाे ।
साेमबार बसेकाे सिडिएसकाे संचालक समितिकाे बैठकले आचार्यलाई ४ वर्षकाे लागी सीइओमा नियुक्त गरेकाे हाे । गत अशाेजमा तत्कालिन सीइओ देवप्रकाश गुप्ताले राजिनामा दिएपछि सिडिएस सीइओविहिन बनेकाे थियाे ।
नवनपयुक्त सीइओ आचार्यले बुधबार कार्यभार सम्हाल्ने जनाएका छन ।