रुपन्देहीमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

रुपन्देहीमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं । नेपनलमा कोरोना भाइरस कोभिड १९ बाट थप एक जनाको मुत्यु भएको छ ।
रुपन्देही गैडहवा गाउँपालिका ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो ।


उनी घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका बेला ४ दिनअघि परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको थियो ।


उनको टाउकोमा रगत जमेर शल्यक्रिया गर्नका लागिे पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले जानकारी दिए ।

उनको सोमबार राति उपचारको क्रममा भीम अस्पतालमा मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्